नियम ७२
चाडपर्व खर्च सम्बन्धी ब्यवस्था
(१) सैनिक व्यक्तिले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वका लागि निजले खाईपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रुपमा पाउनेछ । यस्तो रकम सैनिक व्यक्तिले एक आर्थिक वर्षमा एकपटक आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको चाडपर्व खर्च प्रत्येक वर्ष खर्च लिन चाहेको मुख्य चाडपर्वको पन्ध्र दिन अगावै पाउनेछ । यसरी चाडपर्व खर्च दिंदा उक्त चाडपर्व भन्दा अघिल्लो महिना भुक्तान भई नसकेको भए तापनि अघिल्लो महिनाको तलव समेत खर्च लेखी भुक्तानी दिइनेछ ।
(३) बेतलवी अध्ययन विदा लिएको सैनिक व्यक्तिले सो विदा लिएको अवधिमा चाडपर्व खर्च पाउने छैन ।
(४) यो नियम प्रारम्भ हुँदाका बखत नेपाली सेनामा बहाल रहेका सैनिक व्यक्तिले यो नियम प्रारम्भ भएको मितिले तथा यो नियम प्रारम्भ भएपछि नियुक्त हुने सैनिक व्यक्तिले हाजिर भएको मितिले तीन महिनाभित्र आफूले चाडपर्व खर्च लिने मुख्य चाड पर्व र सो चाड पर्व पर्ने सम्भावित महिनाको सम्बन्धमा सम्बन्धित कार्यालयमा लिखित रुपमा जानकारी दिनु पर्नेछ । यसरी निवेदन दिइसकेपछि सो सैनिक व्यक्तिले आफ्नो सेवा अवधिभर अर्को चाड पर्वमा खर्च माग गर्न पाउने छैन ।
(५) निवृत्तभरण पाउने गरी नेपाली सेनाबाट अवकाश प्राप्त सैनिक व्यक्तिलाई निजले पाउने एक महिनाको निवृत्तभरण बराबरको रकम चाडपर्व खर्चका रुपमा दिइनेछ ।